प्रियंका सँग माफी माग्दै निखिल, कारण हुन् यी (भिडियो सहित)


Filmy Kura, Jan 31, 2017 at 4:52 pm

नायक निखिल उप्रेतीले प्रियंका कार्की सँग माफी मागेका छन् । मानिसबाट नै गल्ती हुने भन्दै उनले प्रियंका सँग भूल स्विकार गरिदिन आग्रह गरेका हुन् ।

वास्तवमा निखिलले प्रिया अर्थात प्रियंका सँग माफी रियलमा नभई रिलमा मागेका हुन् । प्रतिक्षित फिल्म ‘राधे’ मा समावेश गीतमा यी दुईको गजब्बको केमेस्ट्री देख्न सकिन्छ । दोलखा कालिञ्चोकको निकै रमणिय हिउको दृश्यमा छायांकन गरिएको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा क्वालिटी पाइन्छ ।

जगदिश्वर थापा निर्देशित ‘राधे’ लाई सुशील पोखरेलले निर्माण गरेका हुन् । जून फिल्म आगामी बैशाख १ गते प्रदर्शन हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो