चलचित्र क्षेत्र एकादेशको कथा हुन सक्छ : कलाकार यश कुमार


Filmy Kura, Feb 1, 2017 at 3:41 pm


गायक एवं नायक यश कुमारले नेपाली चलचित्र चलचित्र उद्योग दिनदिनै धरासायि बन्दै गएको बताएका छन् । उनले अहिलेको अस्थिर बजारले चलचित्र क्षेत्र फस्टाउन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

चलचित्र पत्रकार सघं दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सम्मान लिदै यश कुमारले नेपाली चलचित्र उद्योग एकादेशको कथा जस्तो हुन पनि सक्ने कुरा उल्लेख गरेका हुन् । नेपाली चलचित्र दिनानुदिन पाईरेसी हुदै जाने र हलमा लागेको २/३ दिनमै चलचित्र फेरीने हो भने नेपाली चलचित्र क्षेत्रको अस्तित्व खतरामा पर्नसक्ने उल्लेख गरेका हुन् । नेपाली गीत संगीतका सुमधुर स्वरका धनी साथै नेपाली चलचित्रका नायक यश कुमारले अव आफुले फेरी पनि गीत संगीतको क्षेत्र र फिल्म क्षेत्रबाट समाजमा घट्ने यथार्थ घटनालाई उजागर गरी नेपाली समाजलाई सुसुचित बनाउने बाटोमा लाग्ने जनाएका थिए ।

आफुलाई नायक वा गायक भनेर सम्वोधन गर्नुभन्दा देशको एउटा कलाकारको रुपमा चिन्नुपर्ने बताउदै उनले नेपाली समाज मा घटेका धेरै घटना मध्ये आफुले एउटा बलात्कृत भएकी केटिको जिवन कथालाई चलचित्रको पर्दा मा उतार्न चाहेको भनाइ राखे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो