लाल्टिन च्यारिटीबाट उठेको रकम स्व. आरपी भट्टराईको परिवारलाई प्रदान


Filmy Kura, Feb 3, 2017 at 12:13 pm

चलचित्र ‘लाल्टिन’ च्यारिटीबाट उठेको रकम स्व. आरपी भट्टराई ‘लाजालाम’ को परिवारलाई प्रदान गरिएको छ । फेब्रअरी १ तारिखका दिन राजधानीको जय नेपाल हलमा च्यारिटी शो आयोजना गरिएको थियो ।

नायक निर्जन थापाको नेतृत्वमा भएको ‘लाल्टिन’ को पहिलो च्यारिटीबाट उठेको रकमबाट नगद पचास हजार रुपैयाँ स्व. हास्यकलाकार भट्टराईको परिवारलाई हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा ‘लाल्टिन’ को कास्ट एण्ड क्रिउ सँगै फिल्म क्षेत्रका परिचित अनुहार र बैंकर अनिल केशरी शाह उपस्थित थिए ।

केही समय अघि हृदयघातका कारण अल्पायुमै ज्यान गुमाएका आरपी हास्यकलाकार मात्र नभई गायक रुपमा समेत परिचित थिए । भानु प्रताप प्रस्तुत चलचित्र ‘लाल्टिन’ लाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।

‘लाल्टिन’ आगामी चैत्र १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो