देशव्यापी प्रदर्शनमा मुकेश र झरनाको परिणाम


Filmy Kura, Feb 3, 2017 at 1:08 pm

फ्राइडे रिलिज अन्तर्गत आज माघ २१ बाट चलचित्र ‘परिणाम’ देशव्यापी प्रदर्शनमा आएको छ । हरि पराजुली निर्मित तथा निर्देशित यो फिल्ममा मुकेश ढकाल, सारिका घिमिरे, झरना रिसाल, किसान सुनार लगायतका कलाकारको अभिनय रहेको छ ।

‘परिणाम’ नारी प्रधान फिल्म भएको निर्माण पक्षको कथन छ । फिल्मलाई लिएर द्धय नायिका झरना र सारिका आशावदी छन् । त्यसो त नायक मुकेश भने हाल अमेरिकामा रहेकाले उनले उतैबाट फिल्मका लागि शुभेच्छा प्रकट गरेका छन् । यस अघि ‘आगो २’, ‘कैफियत’ फिल्ममा खेलिसकेका किसानले पनि ‘परिणाम’ मनोरञ्जनको मसलेदार प्याकेज रहेको बताएका छन् । आफू एक पुलिस अफिसरको भूमिकामा रहेको कलाकार किसानको भनाइ छ ।

भोलि शनिबार बिदाको दिन परेकाले अडियन्स सँगै बसरे फिल्म हेर्ने तयारी समेत ‘परिणाम’ कास्ट एण्ड क्रिउले गरेको छ । शनिबार गोपिकृष्ण हलमा कलाकार तथा निर्देशक सहितको टोली सहभागी हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो