हिरो हिरोइन बोल्दैमा फिल्म चल्ने होइन : नायक जीवन लुइँटेल (भिडियो सहित)


Filmy Kura, Feb 6, 2017 at 6:20 pm

नायक जीवन लुइँटेलले आफू कुनै पब्लिसिटी स्टन्ट र स्क्यान्डल गर्नका लागि उत्सुक नरहेको बताएका छन् । फिल्म चल्ने बेलामा कतिपय कलाकारले विभिन्न स्क्यान्डल गर्ने गरेको बताउदै उनले आफू त्यसबाट सधै टाढा रहेको बताएका हुन् ।

त्यसो त नायक जीवनले फिल्म रिलिज संघारमा हिरो हिरोइनमा बोल्दैमा त्यसले फिल्म चल्छ भन्ने भ्रम निर्माता निर्देशकमा भए त्यो भ्रमबाट टाढा रहन आग्रह गरेका छन् । उनले भने, ‘मैले आफ्नो फिल्म रिलिज हुने समयमा कहिले पनि हल धाउने, मिडियामा आइरहने गरिन् । फिल्मको गुदी नै राम्रो छैन भने कलाकार जति बोलेपनि केहि हुने वाला छैन ।’ यहि माघ २८ रिलिज फिल्म ‘लेक साइड’ का शीर्ष कलाकार लुइँटेलले यो नै आफू अभिनित २०७३ सालको अन्तिम रिलिज फिल्म भएको बताए । उनले अब वर्षको एक दुई वटा मात्र फिल्म खेल्ने योजना बुनेका छन् । सन् २०२० पछि फिल्म निर्माणमा पनि आउने जीवनले खुलासा गरेका छन् ।

हेरौ उनी सँग गरिएको रोचक कुराकानी ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो