निशालाई पोलिटिक्समा इन्ट्रेष्ट, भन्छिन्, ‘नेपालको राजनीति सासु बुहारीको झगडा जस्तो’


Filmy Kura, Feb 8, 2017 at 11:32 am

नायिका निशा अधिकारीले आफूलाई पोलिटिक्समा निकै इन्ट्रेष्ट रहेको कुरा बताएकी छिन् । पछिल्लो समय एकपछि अर्को कलाकार पार्टी प्रवेश गरिरहेको अवस्थामा निशाको यस्तो भनाइ आएको हो । के उनको पनि कतै पार्टी प्रवेश गर्ने चाहना मनमा सिर्जित भएको त होइन ? प्रश्न उठ्नु स्वभाविक हो । तर नझुक्किनु होला उनले नेपालको पोलिटिक्स सँग केन्द्रीत फिल्म खेल्ने ठूलो इन्ट्रेष्ट आफूमा रहेको र त्यो चलचित्र ‘मेरो देश’ मा आएर पूर्ति भएको बताएकी हुन् ।

फागुन ६ रिलिज हुने फिल्मको पत्रकार तथा सञ्चारकर्मी भेट कार्यक्रममा मंगलबार बोल्दै उनले भनिन्, ‘नेपालको राजनीति हेर्दा अचेल मलाई सासु बुहारीको झगडा जस्तो लाग्छ । छिन मै मनमुटाव अनि छिन मै एक पार्टी अर्को पार्टी सँग मिलेको देख्छु । मलाई पनि राजनीतिक विषय समावेश फिल्म खेल्ने ठूलो इन्ट्रेष्ट थियो जून अहिले आएर पूरा भएको छ ।’ अभिनेत्री अधिकारीले चलचित्र ‘मेरो देश’ मा अहिलेको वर्तमान राजनीतिक अवस्था सँगै यसले निमत्याएको अराजक स्थितिलाई चित्रण गरिएको बताएकी छिन् । देशमा भएको महंगी, भ्रष्ट्रचार, अनियमितता लगायत थुप्रै विषयको साथमा माया प्रेमको खास कुरा समेत फिल्ममा हेर्न सकिने उनको भनाइ थियो । आफूलाई भित्रै देखि गरौ लागेको फिल्ममा जोडिन पाउदा खुसी लागेको बताउदै उनले ‘मेरो देश’ राष्ट्रियता, देशभक्ति सँगै विरताको गाथामा आधारित रहेको बताइन् । हरेक राष्ट्रप्रेमी नागरिकले यो फिल्म हेर्नै पर्नेमा उनले जोड दिइन् ।

यस्तै फिल्मका अभिनेता आयुष रिजालले द्धन्द्ध कालिन समयमा देशको निमित्त पत्रकारले शारीरिक र मानसिक रुपमा प्रताडित हुँदै सूचना प्रवाह गर्ने काम सञ्चार माध्यममा गरेको बताउँदै चलचित्र ‘मेरो देश’ मा आफूले त्यस्तै सशक्त पत्रकारको भूमिका निर्वाह गरेको बताए । उनले थपे, ‘म यस्तो पत्रकार जसले कलम मात्र होइन अन्याय अत्याचारको विरुद्धमा हात समेत उठाउन पछि पर्दैन ।’ उनले चलचित्र ‘मेरो देश’ लाई समय सान्दर्भिक फिल्म भन्न रुचाए ।

यता फिल्मका प्रस्तुतकर्ता उदय सापकोटाले ‘मेरो देश’ मा नेपालीपन मात्र नभई मनोरञ्जनका लागि आवश्यक पर्ने सबै खुराक समावेश गरिएको र यो पूर्ण कमर्सियल प्याकेज भएको भनाइ राखे । देव नेपाल यस चलचित्रका लेखक तथा निर्देशक हुन् । स्मरण रहोस् ‘मेरो देश’ मा निशा अधिकारी, आयुष रिजाल, नीर शाह, प्रज्वल गिरी, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो