आर्यन सँग माया बसाल्दै नायिका रेखा थापा


Filmy Kura, Feb 8, 2017 at 12:48 pm

फिल्म क्षेत्रबाट राजनीतिमा हाम फालेकी अभिनेत्री तथा नेतृ रेखा थापाले एक निर्माणाधिन फिल्ममा नायक आर्यन सँग माया बसाल्दै छिन् । त्यसो त फिल्म क्षेत्रमा आर्यन भन्न साथ चकलेटी हिरो आर्यन सिग्देलको इमेज बन्न सक्छ तर ती आर्यन भने सिग्देल नभई आर्यन अधिकारी हुन् ।

यस अघि ‘के म तिम्रो होइन र’ मा अभिनय कौशल देखाइसकेका आर्यन र रेखालाई लिएर निर्माण गर्न लागिएको फिल्म हो ‘कसो कसो माया बस्यो’ । यो फिल्मलाई सविर श्रेष्ठले निर्माण तथा निर्देशन गर्दैछन् । फिल्मको छायांकन आउने बैशाख महिनाबाट प्रारम्भ गर्ने निर्माण पक्षले जनाएको छ ।

‘तथास्तु’ फिल्म निर्माण गरेका रामहरि धितालसँग सविरले निर्माणमा सहकार्य गर्नेछन् । त्यसो त छायांकन बैशाखमा लम्बिनुमा यी दुई कलाकार व्यस्त भएका कारण पनि हो । आर्यन हाल ‘बटरफ्लाई’ फिल्मको सुटिङमा व्यस्त छन् । उता रेखा पनि राजनीतिक कार्यक्रम त छदै नी छ त्यसबाट बचेको समय भने ‘रुद्रप्रिया’ लाई दिइरहेकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो