मेरो पैसा खोइको सुटिङ प्रारम्भ, वर्षाको ठाउँमा छुल्ठिम


Filmy Kura, Feb 8, 2017 at 1:16 pm

यतिबेला बलिउड निर्देशक विवेक शर्मा नेपालमा एक्सन कट भनिरहेका छन् । त्यो पनि नेपाली फिल्ममा । हो, रोज राणाले निर्माण गरेको फिल्म ‘मेरो पैसा खोइ’ को मंगलबारबाट सुटिङ प्रारम्भ भएको छ । जसलाई बलिउड निर्देशक शर्माले निर्देशन गरिरहेका छन् ।

यस अघि वर्षा शिवाकोटी रहने जानकारी गराइएपनि उनले फिल्मबाट हात झिकेपछि उनको ठाउँमा नायिका छुल्ठिम गुरुङले स्थान पाएकी छिन् । फिल्ममा छुल्ठिम सँगै सौगात मल्ल, वर्षा राउत, सागर तिवारी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहनेछ । यसका साथै फिल्मको केमियो रोलमा बलिउडका कलाकार जुही चावला र राजपाल यादव समेत देखिदैछन् ।

कमेडी जानराको यस फिल्ममा बसन्त सापकोटाको संगीत समावेश हुनेछ भने एक्सन चन्द्र पन्तको रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो