डनलाई निखिलको च्यालेन्ज, पुलिस भएर गर्दैछन् राम धुलाई (भिडियो)


Filmy Kura, Feb 13, 2017 at 12:34 pm

पुलिस प्रशासन अनि गुण्डागर्दी । त्यसो त कतिपय अवस्थामा डन सँग प्रहरीको मिलेमतो हुने गरेको समाचारले राम्रै स्थान पाउने गरेको छ । तथापी कुनै पुलिस अफिसर भने सच्चा इमानदारको साथमा डनको अगाडि आफूलाई साहसीक रुपमा उभ्याउन सफल छन् । यिनै प्रतिनिधीमूलक पात्र बनेका छन् नायक निखिल उप्रेती । चैत्र ११ रिलिज फिल्म ‘निर्भय’ मा निखिल एक प्रहरी अफिसरको भूमिकामा छन् ।

हाल सार्वजनिक ट्रेलरमा निखिलले डनलाई च्यालेन्ज दिनुका साथै गुण्डागर्दी नियन्त्रणका लागि आफ्नो ज्यान जोखिममा पारेर प्रहरीको कर्तव्य पूरा गरेको देख्न सकिन्छ । एक्सनले भरिएको फिल्ममा पारिवारिक प्रेमलाई समेत अटाइएको छ । प्रसिद्धि सिने आर्टस् प्रस्तुत ‘निर्भय’ मा निखिल सँगै नीता ढुंगाना, बिकास चापागाई, सुशील पोखरेल, प्रज्वल गिरी, प्रदीप ढकाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

मधुसुदन भट्टराई निर्देशित फिल्मका निर्माता हुन् देवी प्रसाद पाण्डे । फिल्ममा हिमाल केसीको द्धन्द्ध, तारा प्रकाश लिम्बु र अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य रहेको छ । ‘निर्भय’ फिल्मका लेखक भने यम थापा हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो