दर्पण छायाँ २ सफल रहोस् भनि अमेरिकामा गरियो पूजापाठ


Filmy Kura, Feb 14, 2017 at 2:29 pm

pooja

सार्वजनिक ट्रेलरलाई युट्युवमा हेर्ने अडियन्सले औधि रुचाइ दिएपछि यतिबेला ‘दर्पण छायाँ २’ को सफलताको लागि अमेरिकामा पूजापाठ गरिएको छ । फागुन २७ बाट अल नेपाल रिलिज हुने फिल्मका लागि निर्मात्री साबु गदाल, रवि कार्की र नायिका साहारा कार्कीले संयक्त रुपमा पूजाआजा गरेका हुन् ।

यी तीनै जना यतिबेला अमेरिकामा रहदै आएका छन् । सांगाीतिक प्रेम कथामा निर्माण भएको फिल्मलाई सफल निर्देशक तुलसी घिमिरेले निर्देशन गरेका हुन् । फिल्मलाई लिएर निर्देशक घिमिरे पनि आशावादी छन् । त्यसो त उनले फिल्ममा नव अनुहारलाई लिएर एक खालको च्यालेन्ज मोलेका छन् । पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सीना लगायतका कलाकारले ‘दर्पण छायाँ २’ लिड गरेका छन् । नवकलाकारको प्रस्तुतिमा तयार फिल्मको अर्को सबल पक्ष भनेको गीत संगीत हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो