लाउरेमा गायक नरेन नायकको रुपमा प्रस्तुत हुँदै, अपोजिटमा हुनेछिन् श्रृष्टि श्रेष्ठ


Filmy Kura, Feb 14, 2017 at 12:25 pm

सफल निर्माताको छवि बनाएका सुनिल रावलले निर्माण गर्न लागेको चलचित्र ‘लाउरे’ का लागि गायक नरेन लिम्बु नायकको रुपमा अनुबन्धित भएका छन् । दुर्गिश फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मका लागि निर्माता रावल र नायक लिम्बुबीच टिमअपको सम्झौता भएको छ ।

फिल्मीकुरा सँग कुरा गर्दै निर्माता रावलले नरेन ‘लाउरे’ को शीर्ष भूमिकामा रहने जानकारी दिए । उनको अपोजिटमा भने नायिका श्रृष्टि श्रेष्ठ रहनेछिन् । चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गर्नेछन् । त्यसो त क्रमश एकपछि अर्को सफल चलचित्र दर्शकमाझ पस्किरहेका सुनिलले यो फिल्म पनि पूर्ण कमर्सियल हुने बताए । उनलाई फिल्म निर्माणमा जापानमा व्यवसाय गर्दै आइरहेका सुवास लामिछाने, ईश्वर श्रेष्ठ र तुफान गौचनले साथ दिएका छन् ।

यता आस्था व्याण्डका गायक नरेनले एउटा सफल व्यानरबाट बन्न लागेको फिल्ममा नायकको रुपमा काम गर्ने मौका पाउँदा खुसी लागेको बताए । यस अघि नरेन ‘जेरी’ फिल्मको एक गीतमा देखिएका थिए । नरेन र श्रृष्टिको अलवा फिल्ममा विक्रम सिंह, मेरुना मगर, सुमन चित्रकार लगायतका कलाकारले अभिनय गर्दैछन् । आगामी चैत्र १५ देखि फिल्म सुटिङ फ्लोर जाने निर्माण संस्था दुर्गिश फिल्मस्ले जनाएको छ । काठमाडौँ, धरान र दार्जलिङ लगायतका स्थानमा फिल्मको छायांकन गरिनेछ ।

चलचित्रको गीतमा संगीत दिने काम जोशन कुँवरले गर्नेछन् भने फिल्मको सिनेमेटोग्राफी पार्ट आलोक शुक्लाले सम्हाल्दैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो