प्रेम दिवसमा मायाको साईनो खोज्दै जतिन, प्रेमिकाको लागि यसरी भए पागल (भिडियो)


Filmy Kura, Feb 14, 2017 at 12:57 pm

आज फेब्रुअरी 14 अर्थात भ्यालेनटाइन डे । प्रेमील जोडीको लागि खुसीको दिन तर यहि दिन कतिको लागि अभिषाप पनि बन्न सक्छ । एक प्रेमी आफ्नो प्रेमिकाको लागि पागल भएका छन् । उनी हुन् जतिन ताम्राकार । मायाको लागि उनको पागलपना रियलमा नभई रिलमा देख्न सकिन्छ । प्रणय दिवसको सन्दर्भ पारी रिलिज गरिएको ‘यो साईनो मायाको’ फिल्मको ट्रेलरमा माया, प्रेम अनि विछोडको भाव पोखिएको छ ।
चलचित्र आगामी चैत्र ४ गतेबाट अल नेपाल रिलिज हुँदैछ । अरुणकुमार प्रधान निर्देशित फिल्ममा जतिन सँगै रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडी, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई रामकुमार श्रेष्ठले निर्माण गरेका हुन् । दर्शक समक्ष भने यो फिल्मले कतिको मायाको साईनो जोड्न सक्ला भोलिका दिनले नै निर्धारण गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो