धतुरेलाई देशको महत्व बुझाउँदै नायक आयुष रिजाल


Filmy Kura, Feb 14, 2017 at 1:34 pm

झुस्स दारी, दउरा सुरुवाल र टोपी उनको पहिरन । हातमा चन्द्र र सूर्य अंकित नेपालको झण्डा लिएर मुसुक्क मुस्कुराएका यिनी हुन् धतुरे । धतुरे उर्फ ‘के जमाना आ’ टेलिशृङ्खलाका निर्देशक तथा प्रमुख कलाकार । हो नायक आयुष रिजाल धतुरे पात्रलाई ‘मेरो देश’ को महत्व बुझाउन गएको साता साँखु पुगे ।

उट्पट्याङ गर्नमा माहिर ‘धतुरे’ पात्र निर्वाह गर्ने कलाकार हुन् सिपी पुडासैनी । वास्तवमा नायक आयुष देशको महत्व बुझाउन पुग्नुको कारण भने अर्कै छ । फागुन ६ गतेदेखि रिलिज हुन लागेको राष्ट्रिय भावनाले ओतप्रोत भएको फिल्म ‘मेरो देश’ को प्रमोशनका लागि नायक आयुष टेलिशृङ्खला ‘के जमाना आ’ को लागि सुटिङ गर्न पुगेका हुन् । आयुषको साथमा एक एपिसोडमा निर्माता उदय सापकोटा ‘सुरेन’ ले पनि अभिनय गरेका छन् ।

फिल्मीकुरा सँग कुरा गर्दै आयुषले भने, ‘हास्य टेलिशृङ्खलाको माध्यमबाट आफू अभिनित फिल्मको प्रमोशन गर्न पाउँदा खुसी छु । मलाई त लाग्छ देशलाई माया गर्ने हरेक नेपाली नागरिकले चलचित्र मेरो देश एकपटक हेर्नैपर्छ । सन्देशमूलक त फिल्म छ नै त्यसको अलवा फिल्ममा मनोरञ्जनका लागि आवश्यक पर्ने सबै खुराक समावेश गरिएको छ ।’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्मको प्रचार प्रसारका लागि यतिबेला आयुष र निर्माता सापकोटा दैनिक जसो मिडियामा पुगिरहेका छन् ।

यता निर्माता सापकोटाले समय सापेक्ष विषयवस्तुमा फिल्म तयार भएको बताउँदै बाँकी सबै दर्शकको हातमा रहेको भनाई राखे । त्यसो त यति स्तरिय फिल्मलाई दर्शकले साथ दिनेमा उनी आशावादी छन् । जे होस् फिल्म रिलिज कै दिन शुक्रबार बेलुका ‘के जमाना आ’ शृङ्खलामा अभिनेता आयुष र निर्माता उदयलाई देख्न सकिन्छ । नेपाल टेलिभिजन प्रस्तुत यो कार्यक्रम राति ९ः३० बजे प्रसारण हुने गर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो