फिल्म निर्माणमा नायिका श्वेता, दयाहाङलाई लिएर कान्छी बनाउँदै


Filmy Kura, Feb 14, 2017 at 3:06 pm

नायिका श्वेता खड्काले आफ्नै व्यानरबाट ‘कान्छी’ फिल्म निर्माण गर्ने भएकी छिन् । अहिलेका व्यस्त कलाकार दयाहाङ राई यो फिल्मको लागि फाइनल भएका छन् । दया र श्वेताको अभिनय चलचित्रमा हेर्न सकिन्छ ।

‘कान्छी’ लाई निर्देशक आकाश अधिकारीले निर्देशन गर्नेछन् । श्वेता अभिनित पछिल्लो रिलिज फिल्म ‘कोहिनुर’ पनि आकाशले नै निर्देशन गरेका थिए । काया फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यस फिल्मको सुटिङ भने आगामी २०७४ सालको जेठ अन्तिम साताबाट सुरु गरिने छ ।

पति शोकका कारण ‘कोहिनुर’ पछि उनले कुनै फिल्म खेलेकी थिइनन् । स्व. श्रीकृष्ण श्रेष्ठले नै उनलाई यो क्षेत्रमा ल्याएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो