निर्देशक तय नगरी रंगीन निर्माण घोषणा, निशाको साथ नवराज र बाबु लिडमा


Filmy Kura, Feb 14, 2017 at 5:03 pm

निर्देशक तय नगरी एक फिल्म निर्माणको घोषणा गरिएको छ । सुवास थापा प्रोडक्सनले आंकक्षा ईन्टरटेन्मेन्सँगको सहयकार्यमा ‘रंगीन’ फिल्म बनाउने सोमबार औपचारिक घोषणा गरेको हो ।

चलचित्रमा नायिका निशा अधिकारी, अभिनेता नवराज श्रेष्ठको साथमा डेव्यू हिरो बाबु भण्डारी लिड रोलमा रहनेछन् । चलचित्रका लेखक किरण माइकल हुन् । सक्षम जो सुकै निर्देशकले तीन महिना भित्र निर्माण संस्था सँग कन्ट्याक गरी टिमअप गर्न सकिने समारोहमा जानकारी गराइएको थियो ।

अभिनेत्री अधिकारीले निर्देशन विधा नै पढेको युवाका लागि यो एउटा राम्रो प्लाटफर्म भएको बताइन् । आगामी जेठ महिनाबाट सुटिङ फ्लोर जाने भनिएको यस फिल्ममा सहायक कलाकारको रुपमा महादेव त्रिपाठी र अजय श्रेष्ठ तय भएका छन् । चलचित्रमा सुवास थापाको साथ विनोद कुमार सिंहको लगानी रहनेछ ।

‘रंगीन’ मा शिव बिकको नृत्य निर्देशन र ताराप्रकाश लिम्बुको संगीत रहनेछ । फिल्मलाई नरेन सिंहले छायांकन गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो