निर्देशक निश्चललाई किरा परेको निर्माता वाग्लेको गम्भिर खुलासा


Filmy Kura, Feb 15, 2017 at 4:01 pm

‘लुट २’ निर्माता माधव वाग्लेले निर्देशक निश्चल बस्नेतलाई किरा परेको गम्भिर खुलासा गरेका छन् । त्यो कस्तो किरा हो त ? सबैलाई अचम्म लाग्न सक्छ ।

निर्माता वाग्लेले निर्देशक बस्नेतलाई अभिनयको किरा लागेको बताएका हुन् । जून किराको कारण निर्देशनमा मात्र सिमित नरही आइटम गीतमा डान्स गर्नेदेखि गीत गाउने सम्मको काम निश्चलबाट भएको उनको बुझाई छ । यतिमात्र होइन उनले त्यो किरा आफूमा पनि प्रवेश गर्न लागेको बताए । एक सञ्चारकर्मीले तपाई फिल्मको हिट निर्माता अब निर्देशनमा आउने सोच छैन भन्ने जिज्ञासा गर्दा उनले भने, ‘दर्शकको कृपाले एउटा सफल निर्माताको ट्याग पाएको छु । त्यो किरा म भित्र पनि प्रवेश गर्न खोजिरहेको छ । भोलिका दिनमा निर्देशनमा पनि नआउला भन्न सक्दिन ।’

अर्को एक फरक प्रसंगमा उनले हाल ‘छक्का पन्जा’ चलचित्रले बनाएको व्यापारिक रेकर्ड ‘लुट २’ ले तोड्ने दाबी गरेका छन् । ‘लुट २’ रिलिज भएको २१ दिन भित्रै रेकर्ड ब्रेक गर्ने उनले ठोकुवा गरेका हुन् । जबकी ‘छक्का पन्जा’ ले १६ करोड रुपैयाँको व्यापार गर्न सफल भएको थियो ।
निर्माता वाग्लेले भने, ‘रेकर्ड ब्रेक गर्नै फिल्म बनाउने हो । पहिलो लुटले हंगामा मच्चाएको त यहाँलाई थाहा नै छ । लुट २ ले अब दीपक दीपाले बनाएको फिल्म छक्का पन्जाको व्यापारिक रिपोर्ट ब्रेक गर्नेछ हेर्दै जानुस् ।’ उनले चलचित्र स्तरिय बनेको र ट्रेलर तथा सार्वजनिक गीत संगीत हाल दर्शकले असाध्यै मन पराएको बताउँदै आफ्नो फिल्मले हाल सम्मकै बम्पर ओपनिङ गर्ने भनाइ राखे ।

यता निर्देशक निश्चल बस्नेतले ‘लुट २’ व्यापारिक रुपमा असफल भए त्यसको घाटा निर्मातालाई भन्दा आफूलाई बढी पर्ने बताए । ‘लुट’ ले स्थापित गराएको स्टारड ‘लुट २’ को व्यापारमा कमी आए खस्कीन सक्ने उनको अनुमान छ । उनले थपे, ‘हो लुटले नै म लगायत निर्माता र कलाकारको एक खालको स्टारडम स्थापित गराएको । लुट २ नचल्दा कलाकारलाई त खासै हानी नहोला । निर्माता त जसरी नी सेफ छन् । तर सोचे जस्तो व्यापार नगर्दा अहिले सम्म मैले गरेको मिहेनत वा भनौ मेरो एउटा लेभललाई कहि न कतै यसले असर पु¥याउला जस्तो लाग्छ ।’ चलचित्रको कलाकार व्यस्त भएका कारण पब्लिसिटीमा पर्याप्त हिड्न नसकेको निर्देशक निश्चलको भनाइ छ ।

यहि फागुन १३ गतेबाट अल नेपाल रिलिज हुन लागेको ‘लुट २’ मा सौगात मल्ल, दयाहाङ राई, कर्म, ऋचा शर्मा, विपिन कार्की, अलिसा राई लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो