चर्चामा कोमल वलीको राजिनामा, यी हुन् रेडियो नेपाल छोड्नुको कारण


Filmy Kura, Feb 16, 2017 at 11:31 am

‘पोइल जान पाउ’ भन्दै बुरुक बुरुक दर्शकलाई उचाल्ने सञ्चारकर्मी समेत रहेकी गायिका कोमल वलीले रेडियो नेपालको जागिरे जीवनबाट राजिनामा दिएकी छिन् । यतिबेला उनको राजिनामा चर्चाको विषय बनेको छ ।

दुई दशक लामो रेडियो नेपालमा रहेर समाचार वाचिकाको रुपमा काम गरेकी वलीले रेडियो नेपाल छोड्नुको मुख्य कारण भने फुल टाइम राजनीति गर्ने उनको योजनाले गर्दा हो । कुनै दल वा पार्टी निकट नरहेकी वलीले एक्कासी राप्रपा प्रवेश गरेपछि सबैजना आश्चर्य चकित भएका थिए । केही समय अघि मात्र राप्रपा अध्यक्ष कमल थापाबाट टिका थापेर औपचारिक पार्टी प्रवेश गरेकी वली आसन्न महाधिवेशनमा केन्द्रिय सदस्य उठ्ने तयारीमा छिन् । यसले गर्दा पनि जागिरे जीवनबाट राजनीति जीवन सुरु गर्न उनले रेडियो नेपाल छाडेकी हुन् ।

उनले भनेकी छिन्, ‘फुल टाइम राजनीति गर्नु मेरो उद्देश्य हो । राजनीतिक गन्तव्य भनेको सांसद बन्नु हो । यसले गर्दा अब म बाँकी समय राजनीतिक क्षेत्रमा खर्चन चाहान्छु ।’ राजनीतिक माहोल बनाउन गृहजिल्ला दाङ फर्किने तयारीमा नेत्रृ वली रहेकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो