निखिल नीता प्रेममा (भिडियो सहित)


Filmy Kura, Feb 22, 2017 at 5:38 pm

अभिनेता निखिल उप्रेती र अभिनेत्री नीता ढुंगाना प्रेममा परेका छन् । एक अर्का प्रति निकै उदार देखिएका यी दुईको मिलन होला त ?

रियलमा नभई रिलमा यी दुईको प्रेम गहिरो तबरमा बसेको एक भिडियोमा देख्न सकिन्छ । चैत्र ११ रिलिज फिल्म ‘निर्भय’ को यो प्रेमील जोडीको प्रेम सहितको गीति भिडियो बुधबार युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

तारा प्रकाश लिम्बु र रजिना रिमाल स्वरबद्ध गीतमा रोजी लिम्बु राईको शब्द रचना रहेको छ । तारा प्रकाश लिम्बुले संगीत भरेको यो गीतमा कोरियोग्राफी भने रामजी लामिछानेले गरेका हुन् । देवी प्रसाद पाण्डे निर्मित फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन् । निखिल र नीता सँगै फिल्ममा बिकास चापागाई, सुशील पोखरेल, प्रज्वल गिरी लगायतका कलाकाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो