माया चाहिदैन भन्दै जब निर्देशक निश्चलले यसरी गाए गीत (भिडियो)


Filmy Kura, Feb 22, 2017 at 6:08 pm

माया त सबैलाई चाहिन्छ नै तर झुटो माया कसैले चाहादैन । यस्तै झुटो माया चाहिदैन भन्दै निर्देशक निश्चल बस्नेतले रक टाइपको गीत गाएका छन् ।

पछिल्लो समय निर्देशन विधामा मात्र सिमित नरही गायन तथा आइटम डान्समा समेत उत्रेका निश्चल बस्नेतको स्वर समावेश यो गीत ‘लप्पन छप्पन’ चलचित्रको हो । चैत्र ११ बाट अल नेपाल प्रदर्शन आरम्भ गर्ने यस फिल्मको गीतमा शब्द तथा संगीत दीपक आरजेको रहेको छ । दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, वर्षा शिवाकोटी स्टारर फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् ।

डम्बर चन्दको लगानी रहेको फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो