शिवरात्रिमा नागाबाबा हेर्ने राजेशको चाहना (भिडियो सहित)


Filmy Kura, Feb 23, 2017 at 10:49 am

शिवरात्रि अनि नागाबाबा । कतिपय शिवका भक्त शिवरात्रिको दिन नागाबाबालाई नियाल्न कै लागि पशुपति मन्दिर परिसर पुगेका हुन्छन् । यसैबीच चर्चित गायक राजेश पायल राई यो शिवरात्रिमा पशुपति दर्शन गर्न जाने योजनामा छन् ।

फिल्मीकुरा सँग कुरा गर्दै राजेशले भने, ‘शिवरात्रिको बेला प्राय व्यक्ति गाजा र भाङमा झुलेको देख्छु । पहिला पहिला त गाजाको म पारखी नै थिए । तर अचेल धुम्रपान र मद्दपानबाट टाढा छु । यो पटक भने पशुपति मन्दिर पुगेर नागाबाबा हेर्ने खुब चाहना छ ।’ आखिर अविवाहित राजेश पायल किन नागाबाबा हेर्न इच्छुक भएका होलान् त ? सबैको मनमा खुलदुली हुन सक्छ । यस विषयमा राजेशले भनेका छन्, ‘त्यै त मानिस किन यो भौतिक सुखसयलबाट आध्यात्मिक भएर एक्लो जीवन काटिरहेको छ । किन मान्छे नागै बसेको होला । मलाई तिनीहरुको जीवन नजिकबाट बुझ्न मन छ त्यसैले पनि यस पटक नागाबाबालाई म हेर्न चाहान्छु ।’

हेरौ उनिसँग गरिएको रमाइलो कुराकानी ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो