तुलसी घिमिरे भन्छन्, ‘मलाई धोका भो ! १५ लाख स्वाहा’


Filmy Kura, Feb 23, 2017 at 11:58 am

१५ लाख रुपैयाँ स्वाहा भएपछि यतिबेला बरिष्ठ निर्देशक तुलसी घिमिरे तनावमा छन् । यो पटक ‘दर्पण छायाँ २’ बनाउँदा आफूलाई ठूलो धोका भएको उनले बताएका हुन् । आखिर कसरी स्वाहा भयो त १५ लाख ?

फिल्मीकुरा सँग अन्तर्वार्ताको क्रममा निर्देशक घिमिरेले भने, ‘दर्पण छायाँ २ मा भिएफएक्सको काम गर्छु भनेर जय गिरी भाइले पहिला मरिहत्ते ग¥यो । उसलाई जिम्मा पनि दिए । त्यसकै लागि भनेर ६ दिन क्रोमा लगाएर दिन रात नभनी सुटिङ गरियो । त्यसको पैसा यता भिएफएक्सको लागि उसलाई दिएको रकम गर्दा १५ लाख रुपैया त्रिशुली नदिमा लगेर खन्याको जस्तो भयो ।’ जयले काम गर्दा गर्दै नसकेको र पछि उ भागेको तुलसीको भनाई छ । फिल्म निर्माणमा ८० लाख रुपैया खर्च भएको निर्देशक घिमिरेल बताए । फिल्ममा अभिनय गर्ने कलाकार नयाँ भएपनि यसको विषयवस्तु समग्र प्रस्तुतिकरणले दर्शकलाई हल भित्र बाधेर राख्नेमा उनी विश्वस्त छन् ।

फागुन २७ बाट देशव्यापी प्रदर्शन हुने यो फिल्ममा साबु गदाल कार्की र रवि कार्कीले संयुक्त रुपमा लगानी गरेका छन् । पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सीना लगायतका कलाकारको अभिनय चलचित्रमा हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो