सानो भर्‍याङबाट सुरु गरियो म यस्तो गीत गाउँछुको छायांकन


Filmy Kura, Feb 23, 2017 at 1:38 pm

छायांकनमा जानु अगावै प्रतिक्षा गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को ४० दिनको सेड्यूल लिएर निर्देशक सुदर्शन थापाले क्यामेरा अन गरेका छन् ।

आजदेखि चलचित्रको छायांकन काठमाण्डौको सानो भर्‍याङ स्थित एक घरबाट सुरु गरिएको छ । ४ दिन सोहि घरमा चलचित्रको छायांकन गरिनेछ । चलचित्रका कलाकार, प्राविधिक र निर्देशकले क्यामेरा पूजा गरेर चलचित्रको छायांकन सुरु गरिएको हो । यो चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ । साथमा, सरोज खनाल, रुपा खनाल, प्रज्ज्वल सुजल गिरीको पनि चलचित्रमा मुख्य भूमिका रहनेछ । निर्देशक सुदर्शन थापाले चलचित्रको छायांकन काठमाण्डौदेखि सुरु गरेर पोखरा, मुस्ताङ, उपल्लो मुस्ताङ सम्म पुगेर सकिने जानकारी दिए । सुदर्शन थापा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा सुदर्शन थापाको लगानी छ । नायिका पूजा शर्मा यो चलचित्रको सह–निर्मात्री पनि हुन् ।

चलचित्रमा नायक पल शाह ‘सत्य’ पात्रको भूमिकामा देखिदैछन् भने पूजालाई ‘छाया’को भूमिकामा दर्शकले देख्न पाउनेछन् । सत्य र छायाको प्रेम र आइपर्ने विभिन्न खालका समस्याको कथामा यो चलचित्र बन्नेछ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, विश्व गौतमको कस्ट्यूम डिजाइन छ । लभ स्टोरी चलचित्र बनाएरै चर्चित बनेका निर्देशक सुदर्शन थापाको यो प्रोजेक्टलाई पनि चलचित्र क्षेत्र र दर्शकले प्रतिक्षा गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो