कुसुमलाई आफ्नो बनाउन ज्यानको बाजी लगाउँदै मोहन (भिडियो सहित)


Filmy Kura, Feb 24, 2017 at 5:08 pm

नझुक्किनु होला यिनी कुनै तरकारीवाली कुसुम भने होइनन् । निकै प्रिय सुनिने कुसुम एक चलचित्रको पात्रको नाम हो । ‘मेरी कुसुम’ नामक फिल्ममा कुसुमलाई आफ्नो बनाउन ज्यानको बाजी लगाएका छन् मोहन बोगटी । हो कुसुम बनेकी छिन् नायिका हर्षिका श्रेष्ठ । विवाह बन्धनमा बाधिए पश्चात फिल्ममा पुनः सक्रियता जनाउँदै दर्शकमाझ आउन लागेकी हर्षिका अभिनित ‘मेरी कुसुम’ आगामी २०७४ सालको जेठ तेस्रो साता रिलिज हुने निर्माण संस्थाले जनाएको छ ।

बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण यूनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । साथै फिल्मको अडियो सिडी समेत लोकार्पण गरिएको छ । रुद्राक्ष फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई प्रेम र द्धन्द्धको समिश्रणयुक्त मसलेदार फिल्मको संज्ञा दिइएको छ । सुनिता शर्मा बोगटी निर्मित ‘मेरी कुसुम’ लाई एन.आर घिमिरेले लेखन तथा निर्देशन गरेका छन् । सम्राट बस्नेतको द्धन्द्ध, कविराज गहतराजको नृत्य, टंक बुढाथोकीको संगीत रहेको फिल्मलाई दिव्यराज सुवेदीले छायांकन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो