बाहिरियो ट्रिपल लभ भित्र लुकेको रहस्य


Filmy Kura, Feb 24, 2017 at 5:27 pm

सार्वजनिक टिजरले जगाएको कौतुहलतालाई बिहीबार रिलिज ‘लभ लभ लभ’ ट्रेलरले अझ स्पष्ट हुने मौका दिएको छ । केही हद सम्म भएपनि ट्रिपल लभ भित्र लुकेको रहस्य बाहिरिएको छ ।

पूर्णतया प्रेमकथामा आधारित ‘लभ लभ लभ’ मा डेव्यू हिरो सुरज पाण्डे र नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा देखिएका छन् । फिल्मवृत्तमा नयाँ स्वाद र शैलीका सफल फिल्म दर्शकमाझ पस्केका उनै दीपेन्द्र के खनाल निर्देशित चलचित्र हो ट्रिपल लभ । सुरज र स्वस्तिमाको अलवा फिल्ममा रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राना लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

शर्मीला पाण्डे यो फिल्मकी निर्मात्री हुन् । सुरज सिने आर्टस्को व्यानरमा निर्माण भएको ‘लभ लभ लभ’ आगामी बैशाख १ गतेबाट रिलिज हुँदैछ । नयाँ वर्ष २०७४ को छेकोमा रिलिज आरम्भ गर्ने यस फिल्ममा सूर्य थोकरको द्धन्द्ध, कविराज गहतराजको नृत्य तथा सुरेश राईको संगीत समावेश छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो