फेरि ‘मान भर्सेस मती’


Filmy Kura, Feb 28, 2017 at 3:53 pm

सुन्धारास्थित काठमाडौं मलमा रहेको नाटकघर थियटर मलमा फागुन १३ गतेदेखि केदार श्रेष्ठको लेखन, परिकल्पना र निर्देशन रहेको नाटक ‘मान भर्सेस मती’ मञ्चन भैरहेको छ । अघिल्लो वर्ष पनि एक महिना मञ्चन हुँदा निकै मन पराइएको नाटकलाई पुनः मञ्चन गरिएको हो ।

यसपटक कलाकारद्वय आकाश मगर र प्रेमवर्षा खड्काले ‘मान भर्सेस मती’ मा रहेको केन्द्रीय द्वन्द्वलाई अभिनयमा सजीव उतारेका छन् । उनीहरु नाटकमा श्रीमान श्रीमतीको भूमिकामा छन् र उनीहरुबीचको द्वन्द्वलाई नै प्रतीकात्मक रुपमा ‘मान भर्सेस मती’ नाम दिइएको हो । अघिल्लो वर्ष श्रीमानको भूमिकामा अर्का उम्दा अभिनेता अभय बरालले अभिनय गरेका थिए ।

नाटकको विषयबस्तु नयाँ छैन । हरेक दिन हामीले घर समाजमा दख्ने घटना, पात्र र प्रवृत्ति नै नाटकमा देख्न सकिन्छ । पारिवारिक द्वन्द्व नाटकको मूल विषय हो । सम्बन्ध विश्वासमा चलेको हुन्छ । जब विश्वासमा अविश्वासको भाइरस छिर्छ तब सम्बन्ध मक्किन थाल्छ । परिवार चल्न पनि विश्वासको खाँचो पर्छ । शंकाले लंका त जलाउँछ भने सुखी परिवारलाई जलाएर खरानी बनाउन बेर लाग्दैन । नाटक ‘मान भर्सेस मती’ ले यही विश्वास र अविश्वासबीच फेरबदल हुने पारिवारिक सम्बन्धको रुपरेखा कोर्ने प्रयास गरेको छ ।

नाटकमा अकाश मगर, प्रेमवर्ष खड्काका साथमा कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ, रोसन सुवेदीले अभिनय गरेका छन् । केदार श्रेष्ठको मञ्च परिकल्पना तथा घनश्याम श्रेष्ठको प्रकाश परिकल्पनाले नाटकलाई थप चुस्त बनाएको छ ।
बुधबारबाहेक हरेक दिन ठिक ५ः३० मा सुरु हुने नाटक आउँदो चैत ५ गतेसम्म चल्ने छ । शनिबार भने दिउँसो १ः३० बजेको पनि शो राखिएको थिएटर मलले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो