सायद–२ को गीत रिलिज, उडानमा रमाउँदै कलाकार (भिडियो सहित)


Filmy Kura, Mar 3, 2017 at 2:36 pm

प्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘सायद–२’ को गीत रिलिज गरिएको छ । प्रस्तुत गीतमा उडान भर्दै कलाकार रमाएको दृश्य देख्न सकिन्छ ।

दुर्गिश फिल्मस्को व्यानरमा निर्माण भएको यस फिल्मको सार्वजनिक गीतमा सुगम पोखरेल, सागर पाण्डे, अश्मिता उप्रेती र कमल के क्षत्रीको संयुक्त भोकल समावेश छ । ‘उडे उडे’ बोलको गीतमा शब्द तथा संगीत समेत उनै गायक सुगम पोखरेलको रहेको छ । सुनिल रावल निर्मित फिल्ममा सुशील श्रेष्ठ, स्योरान श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्माता रावलले यो फिल्म ‘सायद’ को सिक्वेल भने नभएको बताएका छन् । ‘सायद’ को टाइटल मात्र क्यास गरिएको तर कथावस्तु फरक रहेको सुनिलको भनाइ छ । पुष्पराज न्यौपाने निर्देशित ‘सायद–२’ आगामी असार ३० गते रिलिज हुने निर्माण कम्पनीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो