बाबु कान्छा निर्देशन गर्दै शोभित, नायकको रुपमा रहनेछन् सलोन


Filmy Kura, Mar 3, 2017 at 3:14 pm

शोभित बस्नेत र सलोन बस्नेत नाताले बुबा छोरा । कुनै समय निर्देशनमा व्यस्त शोभित बीचमा फिल्म नपाएर फुर्सदमा थिए । तर अब उनी पुनः जुर्मुराएका छन् एक फिल्मका लागि ।

निर्माण हुन गइरहेको एक फिल्म ‘बाबु कान्छा’ का लागि निर्देशकका रुपमा शोभित तय भइसकेका छन् । उक्त फिल्ममा नायकको रुपमा भने उनका छोरा सलोन बस्नेत रहने भएका छन् । अन्य कलाकार भने छनोट गर्न बाँकी रहेको बताइएको छ । हाल चलचित्रका लागि गीत रेकडिङको कार्य भइरहेको छ । संगीतकार टंक बुढाथोकीले भरेको संगीतमा गायक कमल खत्रीले स्वर भरेका छन् । रवि अधिकारीको लगानी रहने यस ‘बाबु कान्छा’ चलचित्रको नेपाल र दुबइमा छायांकन गरिनेछ ।

चैत्रबाट सुटिङ फ्लोर जाने बताइएको फिल्म निर्माणका लागि झण्डै ८० लाख खर्च हुने निर्माण कम्पनीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो