नायिकाबाट अब नृत्य निर्देशकको रुपमा आफूलाई परिचित गराउदै पवित्रा


Filmy Kura, Mar 3, 2017 at 4:47 pm

हुन् त नायिका पवित्रा आचार्यले अध्ययन गरेको विधा नै नृत्य थियो तर उनले जे सिप जानेकी थिइन त्यो केबल प्रयोग आइसकेको थिएन । र यतिबेला भने पवित्रा आफू पोक्त भएको विधामा हात अगाडि बढाइरहेकी छिन् ।

फिल्म क्षेत्रमा उनी लागिपरेको झण्डै एक दशक भइसकेको छ । यो अवधिमा उनले आधा दर्जन फिल्ममा अभिनय कौशलता देखाइसकेकी छिन् । तर ती फिल्मले आशा गरे अनुरुपको रिजल्ट भने दिन सकेन । हाल ३ वटा विद्यालयमा नृत्य प्रशिक्षकको रुपमा समेत कार्यरत पवित्राले ‘मेला’ नामक फिल्मबाट नृत्य निर्देशकको रुपमा काम अगाडि बढाएकी हुन् ।

त्यसो त पवित्राले नृत्यमा कतिको नयाँ प्रयोग गरेकी छिन् भन्ने कुरा ‘मेला’ चलचित्रको गीती भिडियो आउट भएपछि मात्र मूल्याङ्कन गर्न सकिन्छ । यद्धपि उनले सेटमा विशेष ध्यान दिएको र केही नयाँ प्रयोग आफूले गरेको बताएकी छिन् । नृत्य र अभिनय दुवैलाई सँगै अगाडि बढाउने योजनामा रहेकी पवित्राले इलाहावादबाट क्लासिकल डान्समा डिप्लोमा गरेकी छिन् भन्ने कुरा कमैलाई थाहा हुन सक्छ । अध्ययन अनुरुपको कामलाई अगाडि बढाउन पाउदा खुसी लागेको पवित्राको भनाइ छ ।

त्यसो त पवित्राको पृष्ठभूमि थाहा पाएर नै ‘मेला’ फिल्मका लागि निर्माता हरि पन्तले नृत्य निर्देशनको जिम्वेवारी उनलाई दिएका थिए । चलचित्रका निर्देशक भने बसन्त निरौला हुन् । जून फिल्ममा सलोन बस्नेत, अशिष्मा नकर्मी र आमेश भण्डारीको शीर्ष भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो