निर्भयको अर्को रोमान्टिक गीत रिलिज (भिडियो सहित)


Filmy Kura, Mar 3, 2017 at 5:51 pm

चैत्र ११ रिलिज हुने फिल्म ‘निर्भय’ को अर्को रोमान्टिक गीत शुक्रबार युट्युव मार्फत रिलिज गरिएको छ । अभिनेता निखिल उप्रेती र अभिनेत्री नीता ढुंगाना फिचरिङ भएको यो गीतको कोरियोग्राफर रामजी लामिछाने हुन् ।

शिव परियार र श्वेच्छा ठकुरीले स्वरबद्ध गरेको ‘यो दुनियाँको भर के’ बोलको गीतमा शब्द तथा संगीत भने अर्जुन पोखरेलले दिएका छन् । मधुसुदन भट्टराई निर्देशित चलचित्र ‘निर्भय’ का लगानीकर्ता देवीप्रसाद पाण्डे हुन् । एक्सनले भरिभराउ यो फिल्ममा निखिल नीताको अलवा बिकास चापाँगाई, सुशील पोखरेल, प्रज्वल गिरी, प्रदीप ढकाल, रश्मी भट्टको समेत अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो