ट्याक्सी चढेर हिड्ने नीता कार किन्ने योजनामा (भिडियो सहित)


Filmy Kura, Mar 5, 2017 at 11:26 am

नायिका नीता ढुंगानाले कार किन्ने योजना बनाएकी छिन् । हाल ट्याक्सी चढेर ओहोर दोहोर गर्ने नीताले नयाँ वर्ष २०७४ मा कार खरिद गर्ने तयारी गरेकी छिन् ।

यस अघि स्कुटरमा आवत जावत गर्ने नीताले एक्सिडेन्टमा परेपछि भने कहि कतै जानुपर्दा ट्याक्सीको प्रयोग गर्दै आइरहेकी थिइन् । स्कुटर एक्सिडेन्टबाट उनको अनुहारमा ठूलो खत समेत बसेको छ । फिल्मीकुरा सँग भिडियो अन्तर्वार्ता दिदै नीताले भनेकी छिन्, ‘सबैलाई जिज्ञासा हुँदो रहेछ के चढेर हिड्छ भन्ने । प्रायले त प्राइभेट गाडी नै छ भन्ठान्दा रहेछन् तर म भाडाको ट्याक्सी चढ्दै आइरहेको छु । रोजाईमा त तीन चारवटा गाडी परिरहेका छन् । समय सुहाउँदो कुनै एउटा किन्ने तयारीमा छु ।’

हाल म्युजिक भिडियो र चलचित्रमा व्यस्त नीता कम समयमा स्थापित भएकी नायिकामा पर्छिन् । बालकलाकार हुँदै नायिकाको रुपमा निखारिएर आएकी नीता अभिनय र नृत्यमा अब्बल मानिन्छिन् । लाखौको कार किन्ने तयारी गरेकी नीताले आफ्नो मासिक खर्च समेत खुलाएकी छिन् । बालकुमारी कोलोनीमा बस्दै आइरहेकी नीताले सबै गरेर लगभग ७० हजार मासिक खर्च हुने गरेको बताएकी छिन् । त्यसो भए कमाई चाहि कति हुन्छ त ? हाम्रो प्रश्नको जवाफ दिदै नीता भन्छिन्, ‘यति नै हुन्छ भन्ने त छैन । तर खर्चको चौबर जस्तो आम्दानी भइ रहेको हुन्छ ।’

उनी अभिनित पछिल्लो चलचित्र ‘निर्भय’ यहि चैत्र ११ गते रिलिज हुँदैछ । मधुसुदन भट्टराई निर्देशित एक्सन प्याक्ड फिल्ममा नीता सँगै निखिल उप्रेती, बिकास चापागाई र प्रज्वल गिरीले शीर्ष भूमिका निभाएका छन् ।

हेरौ उनै नीता सँग गरिएको यो रोचक कुराकानी ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो