तेस्रोलिङ्गी मोडल अञ्जली लामा लाउरे फिल्ममा अनुबन्ध (हेर्नुस् तस्बिर)


Filmy Kura, Mar 5, 2017 at 12:14 pm

तेस्रोलिङ्गी मोडल अञ्जली लामा चलचित्र ‘लाउरे’ मा नायिकाको रुपमा अनुबन्ध भएकी छिन् । निर्माता सुनिल रावलले मोडल लामा निर्माणाधिन फिल्ममा अनुबन्ध भएको पुष्टि गरे ।


हाल मुम्बईमा बस्दै आइरहेकी अञ्जली यहि फिल्मका लागि काठमाडौं आउदैछिन् । भिडियो मार्फत अडिशन लिएको बताउँदै निर्माता रावलले सुटिङका लागि अञ्जली अप्रिल २४ तारिखका दिन काठमाडौं आउने जानकारी दिए । नुवाकोट निवासी अञ्जलीको सुरुमा पुरुष पहिचान थियो । स्वरुप पुरुषको तर व्यवहार महिलाको । नबिन वाइवाको परिचय भएको तीनै व्यक्ति आज अञ्जली लामाको रुपमा तेस्रोलिंगी मोडल भएर भारतको फेसन सो मा समेत भाग लिइसकेकी छिन् ।


निगम श्रेष्ठले निर्देशन गर्ने ‘लाउरे’ मा यस अघि नै नरेन लिम्बु, श्रृष्ठि श्रेष्ठ, बिक्रम सिंह फाइनल भइसकेका छन् । आलोक शुक्लाले छायांकन गर्ने फिल्म चैत्र १५ बाट फ्लोर जाने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो