स्ट्रङ्ग लेडिको भूमिकाले कथा काठमाण्डुमा प्रियंका जोइन्


Filmy Kura, Mar 6, 2017 at 6:15 pm

चलचित्र ‘कथा काठमाण्डु’ मा नायिका प्रियंका कार्की जोइन् भएकी छिन् । तीन भिन्दा भिन्दै कथाको समिश्रण रहेको ‘कथा काठमाण्डु’ मा आफूले पाएको स्ट्रङ्ग लेडिको भूमिकाका कारण नै टिमअप गरेको प्रियंकाले बताएकी छिन् ।

सोमबार राजधानीमा प्रेस मिट गर्दै यो फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्रमा प्रियंका सहित आयुष्मान देशराज जोशी, सन्ध्या केसी र संजोग कोइरालाको प्रमुख भूमिका रहनेछ । थुप्रै म्युजिक भिडियो निर्देशन गरेकी सञ्चारकर्मी समेत रहेकी संगीता श्रेष्ठले यो फिल्मको निर्देशन गर्दैछिन् । संगीताको डेव्यू निर्देशनमा बन्न लागेको यस फिल्मको छायांकन छिट्टै गरिने भएको छ ।

आहाना फिल्मस्को व्यानरमा निर्माण हुन गइरहेको ‘कथा काठमाण्डु’ मा विजय राईको लगानी रहनेछ । चलचित्रका छायांकार लुजन सिंह हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो