अमेरिका देखि नेपाल आएर साबुले भनिन्, ‘फिल्म नचले पछुताउने छैन’


Filmy Kura, Mar 6, 2017 at 6:43 pm

‘फिल्ममा लगानी, बालुवामा पानी’ भन्ने भनाई त यहाँले सुन्नु भएकै होला । तथापी यो क्षेत्रमा एक खालको आकर्षणले गर्दा भने त्यो चुनौती मोल्न प्राय निर्माता अघि सरेको पाइन्छ । गीतकारको रुपमा समेत परिचित साबु गदाल कार्की जो अमेरिकामा नर्सको रुपमा समेत कार्यरत छिन् उनले लगानी गरेको चलचित्र ‘दर्पण छायाँ २’ यतिबेला रिलिज पाइपलाइनमा छ ।

फिल्म रिलिज संघारमा केही दिन अघि उनी काठमाडौं आएकी छिन् । सोमबार राजधानीमा पत्रकार सँग साक्षात्कार गर्दै निर्मात्री गदालले यो फिल्म नचले आफूलाई कुनै पश्चात नहुने बताएकी छिन् । किन त ? भन्ने प्रश्नमा उनी जवाफ दिन्छिन्, ‘एक त तुलसी घिमिरे (निर्देशक) दाई जस्तो व्यक्ति सँग काम गर्न पाइयो । अर्को कुरा फिल्म नचले पनि यसले उठाएको विषयका कारण भोलिका दिनमा मेरो खोजि हुनेछ । त्यसमाथि चलचित्र बनाउन मैले कुनै कम्परमाइज नगरेका कारण दर्शक साथ पाउछु भन्नेमा म ढुक्क छु ।’


उनले फिल्म पूर्ण रुपमा मसलेदार प्याकेज रहेको बताउँदै नयाँ कलाकारले गरेको कामबाट समेत आफू सन्तुष्ट रहेको बताइन् । यता निर्देशक तुलसी घिमिरेले चलचित्रमा राष्ट्रले उठाउनु पर्ने कतिपय कुराहरु फिल्ममा आफूले सम्बोधन गर्ने प्रयास गरेको भनाइ राखे । युगको दर्पणमा छायाँ बनी बसेका ती सर्जकको कुरालाई फिल्ममा आफूले उठाएको निर्देशक घिमिरेको कथन थियो । त्यसो त फिल्म आफ्नै हिसाबमा बगेको बताउँदै उनले मनदेखि चलचित्र नियाल्न आग्रह गरे ।

यता यहि फिल्मबाट दर्शक समक्ष परिचय स्थापित गर्न तयार रहेका कलाकार पुष्पल खड्का, साहारा कार्की, फिरोज तिमिल्सिना र श्रद्धा प्रसाई पनि चलचित्र रिलिज मिति नजिकिदै गर्दा निकै उत्साहित देखिन्थे । यी चारै जना कलाकारको एउटै आशय भने ‘दर्पण छायाँ २’ जस्तो फिल्ममा जोडिनु पाउनु नै एक खालको प्राप्ति रहेको भन्ने थियो । जे होस् फागुन २७ बाट अल नेपाल चलचित्र ‘दर्पण छायाँ २’ रिलिज हुँदैछ । सांगीतिक प्रेम कथामा यो चलचित्र आधारित छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो