रेडियो, टेलिभिजन र मोडलिङ हुँदै जतिनको फिल्ममा फड्को


Filmy Kura, Mar 7, 2017 at 12:57 pm

जतिन ताम्राकार रेडियो र टेलिभिजनको हकमा श्रोता तथा दर्शक समक्ष परिचित नाम हो । स्काई एफएम तथा पूर्वाञ्जल कै पहिलो टेलिभिजन मकालुमा प्रोगाम प्रिजेन्टरका रुपमा कार्यरत जतिनले मोडलिङमा समेत हात हाले । झण्डै एक दशक पुगिसकेको छ यो फिल्डमा उनले काम गरेको पनि । त्यसो त रेडियो, टेलिभिजन र मोडलिङमा मात्र उनी सिमित रहन चाहेनन् । उनको अन्तिम लक्ष्य पनि थियो ठूलो पर्दा कै फिल्ममा खेलेर सबैमाझ चिनिउ । स्टेप बाई स्टेप फड्को मारेका जतिनले नभन्दै फिल्ममा पनि हिरोको रुपमा इन्ट्रि गर्न सफल भए । उक्त फिल्मको नाम हो ‘यो साईनो मायाको’ ।

हो, यतिबेला जतिन आफूले डेव्यू गरेको फिल्मलाई लिएर निकै उत्साहित छन् । भर्खरै पूर्वाञ्चलका विभिन्न जिल्लामा पुगेर प्रचार प्रसारलाई व्यापक बनाएर आएका उनी अब राजधानी केन्द्रित मिडिया पब्लिसिटीमा लागिपरेका छन् । नायकको रुपमा प्रस्तुत भएर जतिनले अभिनय गरेको ‘यो साईनो मायाको’ आगामी चैत्र ४ गते देशव्यापी प्रदर्शन हुँदैछ । फिल्मीकुरा सँग कुराकानी गर्दै जतिनले भने, ‘म निकै एक्साइटेड छु । सञ्चार माध्यममा एक खालको अनुभव संगालेपछि फिल्ममा प्रवेश गरेको हुँ । आशा छ मेरो पहिलो प्रयासलाई दर्शकले मन पराउनु हुनेछ भन्ने ।’

त्यसो त चैत्र ४ मा हाल सम्म अरु कुनै चलचित्र प्रदर्शन तय भएका छैनन् । यसले गर्दा पनि सोलो रिलिजको मौका ‘यो साईनो मायाको’ पाउने देखिन्छ । टाइटलबाट पनि प्रष्टिन्छ कि यो चलचित्र पूर्णतया प्रेमकथामा आधारित छ भनेर । चलचित्रमा आफू लभर व्वाईको साथको संगीतमा समर्पित एक जुझारु युवकको भूमिकामा रहेको जतिनले बताएका छन् । फिल्म र टेलिभिजन कर्मलाई सँग सँगै अगाडि बढाएर लैजाने उनको भनाइ छ ।

मञ्जिना मूभि क्रियशनको प्रस्तुति ‘यो साईनो मायाको’ मा जतिन सँगै रेश्मा घिमिरे, नवनित प्रधान, कशिश शर्मा, प्रजिला थापाको शीर्ष भूमिका रहेको छ । रामकुमार श्रेष्ठ निर्मित यस चलचित्रलाई अरुण कुमार प्रधानले लेखन तथा निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो