करिअरकै ठूलो चुनौतीमा सदाबहार नायक भुवन केसी (भिडियो)


Filmy Kura, Mar 7, 2017 at 5:12 pm

‘यो मेरो करिअरको सबभन्दा ठूलो चुनौती हो । यसलाई म कुनै पनि हालतले पूरा गरेरै छोड्छु’, यो भनाई हो सदाबहार नायक भुवन केसीको । तर उनले यो केबल एक फिल्मका लागि बोलेको डायलग हो ।

क्याट भिजन प्रोडक्शनको प्रस्तुति चलचित्र ‘ब्ल्याक डायरी’ मा भुवनको यहि संवादबाट सुरु भएको करिब एक मिनेट लामो टिजर केही दिन अघि युट्युव मार्फत रिलिज गरिएको हो । सुजन घिमिरे निर्देशित यस फिल्मलाई अनुज अधिकारीले निर्माण गरेका हुन् । पछिल्लो समय भुवन फिल्म अभिनय भन्दा निर्माणमा बढी केन्द्रित छन् । लामो समयको ग्याप पछि भुवन अभिनित फिल्म दर्शकले हेर्न पाउने भएका हुन् ।

बाइक रेस गेम सँग सम्बन्धित फिल्म आगामी बैशाख २२ देखि प्रदर्शनमा आउने निर्माण पक्षको भनाई छ । चलचित्रमा भुवनको अलवा रमेश सिंह ठकुरी र पूजा भट्टको शीर्ष भूमिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो