चलचित्र पत्रकार संघको अध्यक्षमा सन्दिप विजयी, यस्ता छन् उनका योजना


Filmy Kura, Mar 9, 2017 at 5:36 pm

चलचित्र पत्रकार संघ नेपालको अध्यक्ष पदमा सन्दिप सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न सातौ महाधिवेशनमा सापकोटाले प्रतिद्वन्दी लक्ष्मण सुवेदीलाई २१ मत अन्तरले हराए ।११७ मत खसेको निर्वाचनमा सापकोटालाई ६८ र सुवेदीलाई ४७ मत प्राप्त भएको थियो ।

त्यस्तै निक्कै प्रतिस्पर्धा रहेको महासचिव पदमा अनिल यादवले विजय सुवेदीलाई २ मतको झिनो अन्तरले पराजित गरे । यादवको पक्षमा ५८ र सुवेदीको पक्षमा ५६ मत खसेको थियो ।उपाध्यक्ष पदमा श्याम अर्यालले अशेष अधिकारीलाई २७ मत अन्तरले पराजित गरे । अर्यालको पक्षमा ७० र अधिकारीको पक्षमा ४३ मत खसेको थियो । महिला उपाध्यक्षको पदमा गीता अधिकारीले शारदा थापालाई ५० मतको भारि अन्तरले हराइन । गीता अधिकारिको पक्षमा ८२ मत खस्दा शारदा थापाले ३२ मतमा चित्त बुझाउनु पर्यो ।

सचिवको खुला तर्फमा बैकुण्ठ पराजुलीले कुवेर गिरिलाई २८ मतले पराजित गरे । पराजुलीको पक्षमा ६७ र कुवेर गिरिको पक्षमा ३९ मत खसेको थियो । उपाध्यक्ष संगठन तर्फ दिनेश सिटौला, सचिव समावेशीमा समिर बलामी, कोषाध्यक्षमा कुवेर डंगोल र सहकोषाध्यक्षमा जीवन पराजुली निर्विरोध भए ।

त्यस्तै खुला केन्द्रिय सदस्यको लागि भएको निर्वाचनमा बर्षा बस्नेत, उत्सव रसाईली, बाबु सुरेश दुलाल, कृष्ण भट्टराई, विकाश लामिछाने र मनिष कार्की विजयी भएका छन् । यता केन्द्रिय सदस्यको समावेशी तर्फ विशाल राई र महिला तर्फ दिपज्योति थापा निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रिय पार्षदमा डब्बु क्षेत्री, राजन घिमिरे, शान्तीप्रिय, सुब्रतराज आचार्य, विदुर गिरि, धनबहादुर खड्का, अशोकप्यासी राई, विष्णुप्रसाद सुवेदी र निमेश गौतम निर्वाचित भए । त्यस्तै केन्द्रिय पार्षद महिलामा स्वस्तिका चिलुवाल, जयन सुब्बा मानन्धर र रश्मी थापा निर्विरोध भए । अधिवेशले १६ जनालाई प्रदेश पार्षद निर्विरोध चयन गरेको छ ।

३ वर्षे कार्यकालका लागि उनले ल्याएका योजना यस्ता छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो