नायक प्रदीप खड्काको जन्मदिन पारी प्रेमगीत २ रिलिज मिति घोषणा


Filmy Kura, Mar 11, 2017 at 2:44 pm

चलचित्र ‘प्रेम गीत २’ को रिलिज मिति घोषणा गरिएको छ । शुक्रबार राजधानीमा ‘प्रेम गीत २’ का नायक प्रदीप खड्काको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा रिलिज मिति घोषणा गरिएको हो ।


निर्माण संस्था आशुसेन फिल्मस्ले ‘प्रेम गीत २’ साउन १३ गते रिलिज हुने जनाएको छ । साथै उक्त समारोहमा ‘प्रेम गीत २’ यूनिटले चलचित्र पत्रकार संघलाई ५५ हजार ५सय रुपैयाँ चेक हस्तान्तरण गरेको थियो । संघलाई आर्थिक सहयोग गर्नुको साथै सातौ अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई सम्मान गरिएको उक्त कार्यक्रम निकै भव्य देखिन्थ्यो । रामशरण पाठक निर्देशित चलचित्रका निर्माता हुन् सन्तोष सेन । सन्तोषले चलचित्रको टाइटल गीत बैशाख १ गते आउट गर्ने जानकारी दिए ।

२५ औं वर्षमा प्रवेश गरेका नायक प्रदीपले चलचित्र निर्माण यूनिट सँग जन्मदिन मनाउन पाउँदा खुसी लागेको बताए । समारोहमा ‘प्रेम गीत २’ डेव्यू हिरोइन अश्लेषा ठकुरी, कोरियोग्राफर रेनशा राई लगायतको उपस्थिति थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो