निखिलको प्रेममा प्रमोद बने बाधक, यस्तो छ राधे ट्रेलर (भिडियो)


Filmy Kura, Mar 11, 2017 at 3:04 pm

चलचित्र ‘राधे’ को ट्रेलर सार्वजनिक गरिएको छ । निखिल उप्रेती स्टारर फिल्मलाई जगदिश्वर थापाले लेखन तथा निर्देशन गरेका हुन् ।

ट्रेलरमा निखिलको भयङ्कर एक्सन दृश्यलाई देख्न सकिन्छ । निखिलको जोडीको रुपमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन् । कलाकार प्रमोद अग्रहरीको सशक्त भिलेन रुपले अझ फिल्म खास बनेको पाउन सकिन्छ । जहाँ प्रेम त्यहा युद्ध भने झै ‘राधे’ को प्रेममा पनि विभिन्न बाधा अड्चन आइपरेको ट्रेलरमा देखाइएको छ ।

पूरा फिल्म के कस्तो बनेको छ त्यसका लागि भने आउँदो बैशाख सम्म कुर्नैपर्ने हुन्छ । बैशाख १ बाट अल नेपाल रिलिज थालनी गर्ने यस फिल्मलाई सुशील पोखरेलले निर्माण गरेका हुन् । चलचित्रमा निखिल र प्रियंका सहित अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, शिशिर भण्डारी लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो