रेखा भन्छिन्, ‘पलाँसमा अहिले सम्म नगरेको भूमिका गरेको छु’


Filmy Kura, Mar 11, 2017 at 3:24 pm

हाल राष्ट्रिय राजनीतिमा होमिएकी अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘पलाँस’ चैत्र १८ देखि प्रदर्शन हुँदैछ । शुक्रबार राजधानीमा ‘पलाँस’ निर्माण यूनिटले पत्रकार भेटघाट गरी फिल्मको बारेमा जानकारी दिएको थियो ।

कृषा चौलागाईले यो फिल्ममा लगानी लगाएकी छिन् । उनले फिल्म निकै राम्रो बनेको समारोहमा बताइन । फिल्मले एक युवतीको कथालाई प्रस्तुत गरेको निर्मात्री चौलागाईको भनाइ छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी केन्द्रिय सदस्य समेत रहेकी अभिनेत्री रेखाले ‘पलाँस’ मा आफूले अहिले सम्म नगरेको भूमिका निर्वाह गरेको भन्न भ्याइन । आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने समेत उनको जिकिर छ । फिल्मका नायक अयुव केसी पनि पलाँसबाट स्थापित हुने कुरामा आशावादी छन् ।

चलचित्रका अर्का शीर्ष कलाकार कामेश्वर चौरासिया भने समारोहमा अनुपस्थित थिए । यस अघि पुन्टे परेड निर्देशन गरेका सुवास कोइराला ‘पलाँस’ का निर्देशक हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो