हिटलरको फस्टलुक सार्वजनिक, गरियो रिलिज मिति तय


Filmy Kura, Mar 13, 2017 at 6:23 pm

कमेडी र लभको समिश्रण भनिएको चलचित्र ‘हिटलर’ को फस्टलुक सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको फस्टलुक सँगै रिलिज मिति तय गरिएको हो ।

आउँदो जेठ १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भनिएको यस फिल्ममा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, अर्जुन गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । समारोहमा बोल्दै अभिनेता सोहितले हिटलर को हो भन्ने थाहा पाउन भने फिल्म नै हेर्नुपर्ने बताए । यस अघिको फिल्ममा भन्दा केही भिन्न भूमिकामा आफूले ‘हिटलर’ मा काम गरेको अभिनेता मानन्धरको भनाई थियो । यता नवनायिका सामियाले भने थुप्रै फिल्मबाट अफर आएपनि स्क्रिप्ट चित्त बुझ्दो पाएकाले यो फिल्ममा काम गरेको बताइन् । राणा खानदानीको छोरीको भूमिकामा आफूले अभिनय गरेको सामियाको भनाइ छ । यता यहि फिल्मबाट दिवसले पनि नायकको रुपमा डव्यू गरेका छन् । यस अघि डनको भूमिकामा देखिएका अर्जुन गुरुङले भने ‘हिटलर’ मा अर्कै खालको चरित्रलाई निर्वाह गरेका छन् ।

सौरभ ढकाल ‘हिटलर’ का निर्देशक हुन् । उनले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । चलचित्र सफल रहोस् भनि एमाले सभासद रामविर मानन्धर र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले शुभकामना दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो