नवनायिका रेश्माको प्रेमगीत हिरो सँग डेट जाने चाहना


Filmy Kura, Mar 14, 2017 at 1:05 pm

‘यो साईनो मायाको’ फिल्मबाट रजतपट डेव्यू गरेकी रेश्मा घिमिरेले ‘प्रेम गीत’ हिरो प्रदीप खड्का सँग डेट जाने चाहना रहेको बताएकी छिन् । फिल्मीकुरा सँग कुराकानी गर्दै उनले युवापुस्ताको हिरो मध्ये प्रदीप आफूलाई निकै मन पर्ने बताएकी हुन् ।

पेशाले नर्स रेश्मा मिस पूर्वेली २०१४ की विजेता हुन् । गायनमा समेत रुची भएकी रेश्मा डेव्यू फिल्मबाट सकारात्मक रिजल्ट आउनेमा आशावादी छिन् । उनी अभिनित ‘यो साईनो मायाको’ यहि चैत्र ४ देखि अल नेपाल रिलिज हुँदैछ । रिलिज काउनडाउनमा रहेको फिल्ममा अधिकांश नयाँ कलाकारको वर्चश्व रहेको छ । सानै देखि फिल्ममा हिरोइन हुने इच्छा भएको बताउने रेश्माले पत्रकारको एउटै प्रश्न देखि डर लाग्ने गरेको भनाइ राखिन् । आखिर त्यो के प्रश्न हो त भन्ने हाम्रो जिज्ञासामा उनले भनिन्, ‘तपाईको फिल्म कतै फ्लप त हुने होइन भन्दा मलाई डर लाग्छ । कति मिहेनत गरेर फिल्म गरेको छु । आशा छ यो फिल्म हिट नभएपनि फ्लपको सूचिमा भने पर्दैन ।’

रेश्माको अपोजिटमा भने मिडिया पर्सन समेत रहेका जतिन ताम्राकारले अभिनय गरेका छन् । सोलो रिलिजको मौका पाएकाले पनि फिल्मले राम्रै व्यापार गर्नेमा निर्माण यूनिट आशावादी छ । अरुण कुमार प्रधान निर्देशित चलचित्रमा लगानी रामकुमार श्रेष्ठको रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो