जतिनको नजरमा अनस्क्रिन रोमान्सका लागि रेखा नै पर्फेक्ट


Filmy Kura, Mar 15, 2017 at 12:06 pm

त्यसो त नेपाली फिल्म क्षेत्रमा नायिकाको बाढी नै आएको छ । पूराना देखि नवआगन्तुक सम्मलाई हेर्ने हो भने नायिकाको एउटा लामै भिड पाउन सकिन्छ । तथापी यो क्षेत्रमा औलामा गन्न सकिने नायिकाले मात्र राज गर्न सफल भएका छन् । कुनै समय नायिका रेखा थापालाई देखा थापाको संज्ञा दिइन्थ्यो । सौन्दर्यताको हिसाबले त अझै पनि करिष्मा मानन्धर सबैको रोजाईमा पर्छिन् । पछिल्लो केही समय नेपाली फिल्म क्षेत्र केकी अधिकारी र प्रियंका कार्कीमय भएको छ ।

यी चलेका नायिका सँग काम गर्ने मन सबैको हुन्छ । तर एक जना नवनायक जतिन ताम्राकारले भने यी थुप्रै नायिकाको भिडमा अभिनेत्री रेखा थापा सँग अनस्क्रिन रोमान्स गर्ने मन भएको बताए । फिल्मीकुरा सँग कुराकानी गर्दै उनले भने, ‘रेखा थापाको अभिनय मलाई एकदमै सशक्त लाग्छ । रिलमा मात्र नभई रियल लाइफमा समेत रेखा थापाको कामबाट म निकै प्रभावित भएको छु । मेरो नजरमा अनस्क्रिन रोमान्सका लागि रेखा नै पर्फेक्ट छ जस्तो लाग्छ ।’ जतिन पनि फिल्म क्षेत्रमा अगाडि बढ्न बाटो कोर्दै गरेका एक कलाकार हुन् । ‘यो साईनो मायाको’ फिल्मबाट डेव्यू गरेका जतिनको रेखा सँग काम गर्ने इच्छा पूरा होला या नहोला त्यो त भविष्यले नै बताउनेछ । तथापी आफू अभिनित फिल्म यहि चैत्र ४ बाट लाग्ने कुराले उनको मनमा उत्साह अझ बढाइ दिएको छ । फिल्म लाग्ने मिति दैलौमा नै आइपुग्दा उनी मनभरि आशाको किरण लिएर मिडियामाझ पुगिरहेका छन् ।

हाल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी केन्द्रीय सदस्य समेत रहेकी अभिनेत्री रेखा थापा नायिकाको हिसाबले नम्वर वान रहि रहन सफल भएको नवनायक जतिनको बुझाई छ । मिडिया पर्सन समेत रहेका जतिनले फिल्म क्षेत्रमा जतिन नाम सबैमाझ चिनाउनका लागि निरन्तर मिहेनत र संघर्ष जारी राख्ने बताए । ‘यो साईनो मायाको’ मा जतिन र रेश्मा घिमिरे शीर्ष भूमिकामा रहेका छन् । सांगीतिक प्रेम कथामा आधारित यस चलचित्रलाई रामकुमार श्रेष्ठले निर्माण गरेका हुन् । अरुणकुमार प्रधान चलचित्रका निर्देशक हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो