अन्तरजातिय प्रेममा आधारित घामपानी, यस्तो छ ट्रेलर (भिडियो)


Filmy Kura, Mar 16, 2017 at 6:10 pm

२१ औं शताब्दि अनि अन्तरजातिय प्रेम । कतिपय ठाउँमा स्विकारोक्ती भएको विषय हो त कतिपय ठाउँमा स्विकार हुन नसकेको विषय । तथापी यो जात र उ जात भनेर हेरिने दृष्टिकोणमा भने फरक आइसकेको छ । अन्तरजातिय प्रेमको विषयमा निर्माण सम्पन्न भएको चलचित्र ‘घामपानी’ को बिहीबार ट्रेलर रिलिज गरिएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा करिब ३ मिनेट लामो ट्रेलर निर्माण संस्थाले पत्रकारमाझ देखाएको थियो । चलचित्रका शीर्ष कलाकार दयाहाङ राई र केकी अधिकारी भने काम विशेषले गर्दा कार्यक्रममा उपस्थित हुन सकेनन् । चलचित्र पत्रकार समेत रहेका दीपेन्द्र लामाले ‘घामपानी’ को निर्देशन गरेका हुन् । उनले फिल्मीकुरा सँग कुराकानी गर्दै भने, ‘तामाङ केटो र बाहुनी केटीबीचको प्रेम र त्यसले निम्त्याउने पारिवारिक तथा सामाजिक द्धन्द्धमा यो चलचित्र आधारित छ । समय सापेक्ष विषय उठान गरेकाले यो चलचित्र दर्शकलाई केही हदसम्म भए पनि नयाँ टेष्ट सावित हुनेछ भन्ने विश्वास लिएको छु ।’

हाइलाइट्स नेपाल प्रस्तुत यस फिल्ममा सिनेमा आर्टको सहकार्य रहेको छ । चलचित्रमा दयाहाङ र केकीको अलवा अंकित खड्का, शिल्सा जिरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । कालीप्रसाद बाँस्कोटा र चन्द्र कुमार दोङले चलचित्रको गीतमा संगीत भरेका छन् । आगामी नयाँ वर्ष २०७४ सालको प्रारम्भ अर्थात बैशाख १ बाट अल नेपाल यो चलचित्रले रिलिज प्रारम्भ गर्ने निर्माण संस्थाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो