प्रियंकाको जवानीमा सबैको नजर, यस्ती देखिइन चमेली बन्दा (भिडियो सहित)


Filmy Kura, Mar 18, 2017 at 9:49 am

अभिनेत्री प्रियंका कार्की चमेलीको रुपमा प्रस्तुत भएकी छिन् । शहरको आधुनिक चमेलीको जवानीमा सबैको नजर परेको यो भिडियो सम्भवत भाइरल हुने पक्का छ ।

हो, ‘लालटिन’ फिल्ममा समावेश ‘चमेली’ बोलको गीतमा प्रियंकाको हट नृत्यले यतिबेला सबैको ध्यान तानेको छ । शुक्रबार युट्युव मार्फत रिलिज गरिएको यो गीतमा उनै बोल्ड आवाज भएकी गायिका आस्था राउतको स्वर सुन्न सकिन्छ । दयाहाङ राई, प्रियंका कार्की र केकी अधिकारी शीर्ष भूमिकामा रहेको यस फिल्मलाई अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

भानु प्रताप प्रस्तुत चलचित्रका निर्देशक देवकुमार श्रेष्ठ हुन् । २०७४ जेठ २६ गते यो फिल्म अल नेपाल रिलिज हुने निर्माण यूनिटले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो