प्रहरी झडपमा गायिका कोमल ओली घाइते, मोडल हस्पिटलमा उपचार हुँदै


Filmy Kura, Mar 20, 2017 at 4:22 pm

गायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी केन्द्रिय सदस्य कोमल ओली प्रहरी झडपमा परी घाइते भएकी छिन् । घाइते कोमलको यतिबेला काठमाडौंको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

आज दिउँसो निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपाका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रिय कार्यालय घेराउ गर्न गएका थिए । झडपमा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास होनेको थियो भने राप्रपा कार्यकर्ताले सुरक्षाकर्मीलाई ढुंगा प्रहार गरेका थिए । सोही क्रममा प्रहरीको लाठीचार्जबाट गायिका कोमल सहित अन्य नेता तथा कार्यकर्ता घाइते हुन पुगेका हुन् । अन्य घाइतेको पनि उपचार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो