यो साईनो मायाकोलाई अडियन्सबाट सकारात्मक प्रतिक्रिया, व्यापार सन्तोषजनक


Filmy Kura, Mar 20, 2017 at 5:03 pm

चैत्र ४ बाट प्रदर्शनमा आएको चलचित्र ‘यो साईनो मायाको’ लाई अडियन्सबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । नेपालका ५० सिनेमाघरमा हाल प्रदर्शन भइरहेको फिल्मको व्यापार भने एभरेज रहेको यसका वितरक सुनिल मानन्धरले फिल्मीकुरालाई जानकारी दिए ।

काठमाडौंमा रहेको गोपीकृष्ण र अष्टनारायण हलमा दर्शकको शुक्रबार र शनिबार निकै चाप रहेको निर्माण पक्षले जनाएको छ । यहि फिल्मबाट रंगिन क्षेत्रमा उदाएका कलाकार जतिन ताम्राकार र रेश्मा घिमिरेले समग्र दर्शक प्रतिक्रियाबाट अझ काम गर्न उत्साह मिलेको बताएका छन् । फोन संवादमा जतिनले भने, ‘हेर्ने जतिले फिल्मको खुलेर प्रशंशा गरेका छन् । हामी नयाँ कलाकारका लागि यो भन्दा ठूलो अर्को उपलब्धि के हुन सक्छ र ?’

सांगीतिक प्रेम कथामा निर्माण भएको यो फिल्मले सिंगल रिलिजको मौका पाएको थियो । जसकारण यहि गतिमा बिहीबार सम्म फिल्म जाने हो भने लगानी रिकभर गर्न सक्ने देखिएको छ । अरुणकुमार प्रधान निर्देशित यस फिल्मलाई रामकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो