दयाहाङ र सौगातका कारण छायाँमा पर्छुकी भन्ने डर थियो : वर्षा शिवाकोटी


Filmy Kura, Mar 23, 2017 at 1:28 pm

अभिनेत्री वर्षा शिवाकोटीले अहिलेका स्टार कलाकार दयाहाङ राई र सौगात मल्लका कारण एक फिल्ममा आफू छायाँमा पर्छुकी भन्ने डर भएको बताएकी छिन् । त्यसो त कोही कलाकार भने स्टारसँग काम गर्दा आफूलाई प्लस हुने दाबी गर्छन् । तर अभिनेत्री शिवाकोटीको केसमा चाहि किन यस्तो त ?

वर्षाले फिल्मीकुरा सँग संवाद गर्दै भनिन्, ‘हो सबैलाई लाग्दो होला कि स्टार कलाकार सँग काम गर्दा प्लस हुन्छ तर मलाई चाहि आफू छायाँमा परिन्छ की भन्ने ठूलो डर थियो । लप्पन छप्पन फिल्ममा ५ जना पुरुष कलाकार हाबी छन् । दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र अन्य दुई डेव्यू कलाकार । महिला तर्फ भने मैले मात्र लिड गरेको छु । यसर्थ ५ जनाको भिडमा म एकजना त्यसै हराउने होकी भन्ने मलाई त्रास थियो । तर फिल्मको कथावस्तु अनुरुप मेरो क्यारेक्टर पनि उत्तिकै सशक्त भएको हुँदा मलाई अहिले यो डर हटेर गएको छ । आशा गर्छु दर्शकले मेरो चरित्रलाई पनि हलबाट निस्कदा सम्झिरहनु हुनेछ ।’

उनले ‘लप्पन छप्पन’ ग्याङस्टार जानराको भएको बताउँदै यो फिल्म गर्दा नौलो अनुभव संगालेको बताइन् । ‘पशुपति प्रसाद’ फिल्ममा नबोलेरै दर्शकको मन जितेकी वर्षाले ‘लप्पन छप्पन’ करिअर कै अर्को सम्झन योग्य चलचित्र बनेको दाबी गरिन् । यो चलचित्रले आफ्नो करिअरलाई समेत धेरै बुष्ट गर्ने अभिनेत्री शिवाकोटीको बुझाई छ । त्यसो त विगतका फिल्म भन्दा यसमा भिन्न चरित्र आफूले निर्वाह गरेको वर्षाले बताएकी छिन् । नाम अनुसारको फिल्ममा अफरको वर्षा चाहि कतिको भइरहेको छ त भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन्, ‘अफर त आइ नै रहेको छ । तर अब म फिल्म छानेर मात्र गर्ने निर्णयमा पुगेकी छु । आफूलाई सुहाउँदो चरित्र पाए भने काम गर्छु ।’ चैत्र ११ रिलिज फिल्मलाई लिएर वर्षा निकै आशावादी छिन् ।

यूरोपका विभिन्न देशमा छायांकन गरिएको ‘लप्पन छप्पन’ लाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । डम्बर चन्द निर्मित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, वर्षा शिवाकोटी, सिड खरेल लगायतका कलाकार शिर्ष भूमिकामा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो