रेखा थापा भन्छिन्, ‘बेश्या हुन अड् लागेन’


Filmy Kura, Mar 23, 2017 at 3:21 pm

अभिनेत्री रेखा थापाले स्पष्ट रुपमा आफूलाई बेश्या हुन अड् नलागेको धारणा सार्वजनिक गरेकी छिन् । चलचित्र ‘पलाँस’ मा अभिनेत्री थापा बेश्याको चरित्रमा रहेकी छिन् ।

अन्य पेशा जस्तै यो पनि एउटा पेशा नै भएको बताउँदै उनले पेशालाई लिएर नाक खुम्च्याउनु भन्दा सम्मान गर्न अनुरोध गरेकी छिन् । आखिर यस्तो चरित्रमा किन अभिनय गरेको भन्ने फिल्मीकुराको प्रश्नमा उनी भन्छिन्, ‘हो मलाई सुरुमा निर्मात्री कृषा चौलागाईले स्क्रिप्ट दिदा म झस्केको थिए । यस्तो क्यारेक्टर के गर्नु भनेर तर फिल्ममा अलिकति पनि भल्गर दृश्य र नग्नता हामीले पस्केका छैनौ । मेरो लागि ठूलो च्यालेन्ज समेत थियो । तपाईलाई थाहा छ रेखा च्यालेन्ज लिएरै काम गर्ने अभिनेत्री हो । त्यसपछि म यो फिल्म गर्न रेडी भएको हुँ ।’
रेखाले कुराकानी कै क्रममा आफूले अहिले सम्म कुनैपनि फिल्ममा चुम्बनको दृश्य नदिएको भन्न भ्याएकी छिन् । बेश्यावृत्तिलाई लिएर हेयको दृष्टिकोणले हेर्ने हाम्रो परम्परा रहेको बताउँदै उनले यो पेशाका लागि पनि महिलामा इनर्जि, सुन्दरता र स्वस्थता हुनु जरुरी रहेको भनाइ राखिन् । उनले थपिन्, ‘एक दिनमा १० देखि १५ जना ग्राहकलाई सन्तुष्टि दिनु चानचुने कुरा होइन । ठूलो तपस्या गरेपछि मात्र बेश्या भइन्छ । आज हाडनाता मै हजुरबुबाले नातीलाई बलात्कार ग¥यो रे । कसले कसलाई जबरजस्ती गर्न खोज्यो रे । यदि बेश्यालयलाई व्यवस्थित गर्न सक्यो भने यस्ता घटना घट्ने थिएनन् कि ?’

उनले यो फिल्म सबै परिवार सँग बसेर हेर्न समेत आग्रह गरेकी छिन् । क्यारेक्टरमा डुब्न कठिन भन्दा पनि लाज लागेको अनुभव रेखाले हामीमाझ सेयर गरेकी छिन् । निर्मात्री चौलागाईको लगानी रहेको चलचित्र ‘पलाँस’ लाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । चैत्र १८ देखि देशभर प्रदर्शन आरम्भ गर्ने फिल्ममा रेखा थापा, आयुव केसी र कामेश्वर चौरासियाको प्रमुख भूमिका रहेको छ ।

हेरौ नायिका रेखा थापा सँग गरिएको यो कुराकानी ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो