नेपाली पहिरनमा बलिउड कलाकार राजपाल, करोडपतिमा देखाउँदै कमाल


Filmy Kura, Mar 23, 2017 at 4:09 pm

बलिउडका चर्चित हास्यकलाकार राजपाल यादव यबितेला नेपाली फिल्मको सुटिङमा व्यस्त छन् । ‘करोडपति’ टाइटलमा निर्माण भइरहेको फिल्मको सुटिङका लागि उनी नेपाल आएका हुन् । जून फिल्ममा उनी नेपाली पहिरन दउरा, सुरुवाल र ढाका टोपीमा प्रस्तुत भएका छन् ।

हाल निर्देशकको नाम गोप्य नै राखिएको उक्त फिल्ममा आर्यन अधिकारी र नीता ढुंगानाको शीर्ष भूमिका रहनेछ । यतिबेला राजपाल सँग आर्यन र नीताले एकसाथ स्क्रिन सेयर गरेका छन् । आर्यनले आफ्नो फेसबुकमा राजपाल सँग सुटिङ सेटमै एक तस्बिर खिचाएर पोष्ट गरेका छन् । आर्यनको मामाको भूमिकामा राजपाल देखिनेछन् । अभिनेता अधिकारीले नयाँ मामा भाञ्जाको भेट भनि तस्बिर राख्नाले पनि राजपाल र आर्यन मामा र भाञ्जाको रुपमा फिल्ममा रहने पुष्टि हुन्छ ।

त्यसो त यस फिल्ममा अन्य २ भारतीय कलाकारको समेत अभिनय रहने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो