युट्युवमा पहिलो ट्रेन्डिङमा वीर विक्रम, हप्ता दिनमा हेरे १७ लाखले


Filmy Kura, Mar 24, 2017 at 2:15 pm

चलचित्र ‘वीर विक्रम’ युट्युवमा पहिलो ट्रेन्डिङमा पर्न सफल भएको छ । ओ.एस.आर च्यानलबाट अपलोड भएको हप्ता दिनमै यो फिल्मलाई १७ लाख पटक हेरिएको छ । त्यसो त अचेल युट्युव नेपालमा सशक्त मिडिया बन्दै गइरहेको छ । हलमा रिलिज हुँदा समेत दर्शकसाथ उल्लेख्य पाएको फिल्मलाई युट्युवका अडियन्सले पनि निकै राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

प्रेमकथानक यस फिल्मका निर्देशक मिलन चाम्स हुन् । उनी यतिबेला ‘ब्लाइन्ड रक्स्’ फिल्मको सुटिङमा व्यस्त छन् । मिहेनती निर्देशक चाम्सले ‘वीर विक्रम’ युट्युवमा आक्रामक रुपले भ्यूअर्स पाउन सफल भएको फिल्मीकुरालाई बताए । उनले थपे, ‘फिल्म राम्रो बनाउने हो भने हेर्ने अडियन्सको कमी हुँदो रहेनछ । मलाई अझ फिल्म क्षेत्र मै केही गर्ने उर्जा मिलेको छ ।’ चाम्स इन्टरटेन्मेन्ट प्रस्तुत चलचित्रमा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा र दिया पुनको शीर्ष भूमिका रहेको छ । यम थापाको लेखन रहेको चलचित्रमा तारा प्रकाश लिम्बुले संगीत भरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो